Powered by Blogger.
Home » » जीवन हेरे मैले

जीवन हेरे मैले



                                    दिनेश रसिया–सौगात एफ.एम लहान

आजको तालिममा निकै राम्रो जीवन हेरे मैले 
निकै राम्रो कुरा गर्नु भो हाम्रो विनय दाइले

भन्छन उनी तिमी जागर चलाउ
आफनो पहिचान आफै बनाउ
तिमी एउटा कुशल रेडियोकर्मी हौ
तिम्रै आवाजले तिमी अरुको जीवन चलाउ
कहि कतै साशन गर्दै छ कि कोही सोसन गर्ने दाउले
निकै राम्रो कुरा गर्नु भो हाम्रो विनय दाइले

सँस्कृतिको कुरा गरी समाजलाई जगाउ
अन्धविश्वासका कुरा जीवनबाट हटाउ
तिमी अगाडी बढन सक्छौ मेरो बुझाइले
निकै राम्रो कुरा गर्नु भो हाम्रो विनय दाइले

आफनो कलम नरोक तिमी बिहिनहरुको आवाज बन
आफनो राष्ट राष्टियताका नयाँ जग तिमी खन
अति विपन्नको कुरा उठाउने गर तिमी
बालविकाशका कुरा गरी जिवन जोगाउने गर तिमी
कहि कतै नअल्झनु तिमी पैसा पाउने दाउले
निकै राम्रो कुरा गर्नु भो हाम्रो विनय दाइले

आज देखी संकल्प गर्छु जीवन भर अडिग म हुन्छु
आफनो पाइला यसमै चलाइ, सबैको जीवन जोगाउने कुरा गर्छु
मर्नु परे यही मर्छु, लड्नु परे यही लडछु
यही गंगाको डुङ्गा तर्छु, दाइकै निर्देशनमै आगाडी बढछु
जीवन लक्ष्यझै मनमा बस्यो आजको भोगाइले
निकै राम्रो कुरा गर्नु भो हाम्रो विनय दाइले

आजको तालिममा निकै राम्रो जीवन हेरे मैले
निकै राम्रो कुरा गर्नु भो हाम्रो विनय दाइले ।।

0 comments:

Post a Comment