Powered by Blogger.

गजल nepali

चलाई नजरैका ती बाण प्रिय खन्दै छौ मेरो चिहान प्रिय देखे मैले तिमीलाई सपनी आज गर्दै थियौ अरुसंग मुलाकात प्रिय सागरसरी चोखो माया गर्थे तिमीलाई कसरी गर्यौ तिमीले विश्वासघात प्रिय सोझो र सिधा ठानेर मलाई तिमीले मुटुभरि चोटैचोटको दियौ सौगात प्रिय कसरी बाचन सक्छु म तिमी नै भन अब चिहानसम्म पुग्दै छ मेरो बारात प्रिय दिनेश रसिया
2073/01/05

गजल Nepali



मधुकण्टाले भरिएका आवाजहरु सुनिरहन्छु म
आफनो बेग्लै एउटा संसार बुनिरहन्छु म

प्रेको अनुभुतिमा पागल ठान मलाइ तिमी
चोखो मायालुको कस्तुरी मनभरि खोजिरहन्छु म

सकुसल नै छु आज पनि तिमीले दिएको माया पाएर
केवल तस्विरलिई हातमा आजपनि   रोइरहन्छु म


सजिलो छैन बिर्सिन  तिम्रा यादहरु यो मुटुबाट
तमिीलाई भुलीदिने प्रयास जीवनभरि गरि रहन्छु म

छैन अब आशा बाकी तिम्रो फक्रिने कुनै
तै पनि निर्रथक प्रयास अझै गरिरहन्छु म

2073/01/05
दिनेश रसिया