Powered by Blogger.

के पाएँ मैले

परिवारमा थिए म कान्छा
कान्छै भन्थें सबैले
माया पाउँथे सबैको
माया गर्थे सबैले


खुसी थिए म आज
कान्छा आउने कुराले
मनमा कहिकतै टुसा पलायो
र पालन थालेआशा मैले











मनमा डर पनि लाग्थ्यो
फेरी आमा बुवाको भर पनि लाग्थ्यो
फेरी मनमा कता कता इष्र्या पनि हुन्थ्यो
माया बाडिने हो कि कुराले



अन्कन्टार अन्धेरी रात थियो, पिलपिल टुकी बलेको
मन्दिरको अङ्गेनीमा थियो एउटा दियो जलेको
आँखामा थियो खुशी हर्ष र खुशीको
भाई रोएको करुण स्वर चारैतिर थियो छरेको ।।र।।