आशा दिनेश रसिया

तिम्रो नजरमा
म एक अपराधी
अपराधको दण्ड दिने
तिम्रो एक मात्र चाहना
प्रगाढ प्रेमको तृष्णा
प्रबल दिशाहीनको संकेत
कालको गति पल्टाउने सपना
जीवनमा मुख नहेर्ने प्रण
विडम्बनाको संसार
मेरो मुृत्युमै तिम्रो सर्वस्व
मेरै विनाशमा तिम्रो ब्रचस्व
अगाध घृणाको भेटी
मेरो खुशीको घाँटी रेटने प्रयास
मुहारमा एसिड खन्याउने तिम्रो काम
नाकावधारी तिम्रो नाम
मैले तिम्रो गुलाफ नस्विकारेको
तिम्रो नजरमा ठूलो भुल
महिला पुरुष बीचको विसंगति
तिमीले माया गर्ने मुहारमा
डढेका ती कालो छाला
ती कटकट खाने रक्तामय शरीर
ती समाजको नाकारात्मक दृष्टिकोण
जीवन अब बोझको सरह
आमा बुवाको आँशुको गंगा
ती झुठो आस्वासनबीचमा
ककल्पित कलिला ओठ
कँहा नीर भएछ तिम्रो जीत
यहाँ इ पिडितहरुको बीच
कि ती अपराधीको घेराबीच तिम्रो प्रित
तिम्रो नजरमा
म एक अपराधी
अपराधको दण्ड दिने
तिम्रो एक मात्र चाहना
प्रगाढ प्रेमको तृष्णा
प्रबल दिशाहीनको संकेत
कालको गति पल्टाउने सपना
जीवनमा मुख नहेर्ने प्रण
विडम्बनाको संसार
मेरो मुृत्युमै तिम्रो सर्वस्व
मेरै विनाशमा तिम्रो ब्रचस्व
अगाध घृणाको भेटी
मेरो खुशीको घाँटी रेटने प्रयास
मुहारमा एसिड खन्याउने तिम्रो काम
नाकावधारी तिम्रो नाम
मैले तिम्रो गुलाफ नस्विकारेको
तिम्रो नजरमा ठूलो भुल
महिला पुरुष बीचको विसंगति
तिमीले माया गर्ने मुहारमा
डढेका ती कालो छाला
ती कटकट खाने रक्तामय शरीर
ती समाजको नाकारात्मक दृष्टिकोण
जीवन अब बोझको सरह
आमा बुवाको आँशुको गंगा
ती झुठो आस्वासनबीचमा
ककल्पित कलिला ओठ
कँहा नीर भएछ तिम्रो जीत
यहाँ इ पिडितहरुको बीच
कि ती अपराधीको घेराबीच तिम्रो प्रित
बिन्ती,
हे समाजका ठेकेदारहरु
हे महिलाको भाग्य लेख्ने विद्याताहरु
हे त्रिनेत्रधारी नेपालीहरु
हे दुनियाका कहिले न झुकेका बीर गोर्खालीहरु
हे सत्ताका लालायित लोभी सरदारहरु
हे न्यायका मुर्ति पहरेदारहरु
आज कहाँ छ, ती कलम जसले हाम्रो भविष्य लेखिन्छ
कहाँ छ ती ऐना जसमा हाम्रो मुहार हेरिन्छ
कहाँ छन ती खुखुरी, जसले रिपु मर्दन गरिन्छ
कहाँ छ, ती न्याय दिलाउने हातहरु
छैन ?
छैन भने
किन देखाइन्छ यी झुठा आशाहरु
किन जगान्छ झुठा बिस्वासहरु
किन सगरमाथा झै बनिन्छ हाम्रो लासहरु
कहाँ गए ती सीताका आदर्श
कहाँ गए ती बुद्धका सन्देश
हे जननी नेपाल
अब पुरा भयो मेरो यहाँ बाचने इच्क्षा
अब पुग्यो मेरो रहर
अब सकियो मेरो चाहना
अब टुङिगयो मेरमे यमत्राको प्रहर
हे जननी अब लग मलाइ आफनै साथमा
फेरी चिरेर आउ धरती
र बचाउ मलाइ सीता झै यी क्रूर संसारबाट
कि अब
तिम्रो पनि सहनशक्ति समाप्त भयो
वा
तिमी पनि यी निर्दय संसारझै निठूर भयौ
आखिरमा
सबै आशा र विश्वासको आगो दन्किन्छ
महिला अधिकारका क्रान्ति उदघोष हुन्छ
भाव बिभोर हुन्छन जनको तन–मन
समाप्त पार्नेछन काली दुर्गाझै समाजका दुष्टलाए
बाच्ने छु अब म यही आशाँ र विश्वासका साथ ।।बाच्ने छु अब म यही आशाँ र विश्वासका साथ ।।
हे समाजका ठेकेदारहरु
हे महिलाको भाग्य लेख्ने विद्याताहरु
हे त्रिनेत्रधारी नेपालीहरु
हे दुनियाका कहिले न झुकेका बीर गोर्खालीहरु
हे सत्ताका लालायित लोभी सरदारहरु
हे न्यायका मुर्ति पहरेदारहरु
आज कहाँ छ, ती कलम जसले हाम्रो भविष्य लेखिन्छ
कहाँ छ ती ऐना जसमा हाम्रो मुहार हेरिन्छ
कहाँ छन ती खुखुरी, जसले रिपु मर्दन गरिन्छ
कहाँ छ, ती न्याय दिलाउने हातहरु
छैन ?
छैन भने
किन देखाइन्छ यी झुठा आशाहरु
किन जगान्छ झुठा बिस्वासहरु
किन सगरमाथा झै बनिन्छ हाम्रो लासहरु
कहाँ गए ती सीताका आदर्श
कहाँ गए ती बुद्धका सन्देश
हे जननी नेपाल
अब पुरा भयो मेरो यहाँ बाचने इच्क्षा
अब पुग्यो मेरो रहर
अब सकियो मेरो चाहना
अब टुङिगयो मेरमे यमत्राको प्रहर
हे जननी अब लग मलाइ आफनै साथमा
फेरी चिरेर आउ धरती
र बचाउ मलाइ सीता झै यी क्रूर संसारबाट
कि अब
तिम्रो पनि सहनशक्ति समाप्त भयो
वा
तिमी पनि यी निर्दय संसारझै निठूर भयौ
आखिरमा
सबै आशा र विश्वासको आगो दन्किन्छ
महिला अधिकारका क्रान्ति उदघोष हुन्छ
भाव बिभोर हुन्छन जनको तन–मन
समाप्त पार्नेछन काली दुर्गाझै समाजका दुष्टलाए
बाच्ने छु अब म यही आशाँ र विश्वासका साथ ।।बाच्ने छु अब म यही आशाँ र विश्वासका साथ ।।
।। इति ।। २०७१–फाल्गुन–१६ ।।
0 comments:
Post a Comment