Posted by dinesh rasya
Posted on 6:53 AM
with No comments
चलाई नजरैका ती बाण प्रिय
खन्दै छौ मेरो चिहान प्रिय
देखे मैले तिमीलाई सपनी आज
गर्दै थियौ अरुसंग मुलाकात प्रिय
सागरसरी चोखो माया गर्थे तिमीलाई
कसरी गर्यौ तिमीले विश्वासघात प्रिय
सोझो र सिधा ठानेर मलाई तिमीले
मुटुभरि चोटैचोटको दियौ सौगात प्रिय
कसरी बाचन सक्छु म तिमी नै भन अब
चिहानसम्म पुग्दै छ मेरो बारात प्रिय
दिनेश रसिया
2073/01/05
0 comments:
Post a Comment